३० भदौ काठमाडौं / नवनियुक्त तीन मन्त्रीको शपथ अहिले बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार तीन मन्त्रीको शपथ अहिले हुन लागेको हो ।
अर्थविद् रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुको शपथ हुन लागेको हो । बाँकी मन्त्रीहरु विस्तार थप गर्दै जाने तयारी गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।