१० असोज, काठमाडौं / काठमाडौंको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।
प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।