२०८२ आश्विन ३०, बिहिबार

काभ्रेमा रोशीको बाढीले बगाएर एक महिलाको मृत्यु

काभ्रेमा रोशीको बाढीले बगाएर एक महिलाको मृत्यु

२० असोज काभ्रेपलाञ्चोक / रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ । रोशी खोलाले बगाएर तेमाल ८ की ५७ वर्षीया डोल्मो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए नबगाएको हेर्न आउँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको हो । उनको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

यसअघि हिजोमात्रै काभ्रेमै सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृत्यु भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस