२०८२ आश्विन ३०, बिहिबार

गण्डकीकाे मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा युवक पक्राउ

गण्डकीकाे मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा युवक पक्राउ

२१ असोज काठमाडौँ / गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन् ।

थापा रूपन्देही तिलोत्तमा नगरपालिका–४ का स्थायी बासिन्दा हुन् भने हाल पोखरा महानगरपालिका–७ राष्ट्र बैंक चोकमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भदौ १२ गते राति पोखरा–६ सहिदचोकस्थित मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अनुसन्धान क्रममा थापाले नेपाल राष्ट्र बैंक परिसर नजिकै रहेको एनआइएमबी बैंक लिमिटेडको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको समेत खुलेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस