२०८२ आश्विन ३०, बिहिबार

संसद् विघटनबारे सभामुख घिमिरेले मागे दलहरूको राय

संसद् विघटनबारे सभामुख घिमिरेले मागे दलहरूको राय

२८ असोज, काठमाडौं /  प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले दलहरूको राय माग गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यावसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले औपचारिक रूपमै दलीय धारणा मागेका हुन् ।

यसका लागि उनले विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी रहेका थिए । यी दलका प्रमुख सचेतकहरूलाई सभामुख घिमिरेले बुधबार बिहान ९ बजे छलफलमा बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस