२०८२ कार्तिक ११, सोमबार

होस्टलमा स्वीप अपरेसन गर्दा फेला पर्‍यो हत्कडीदेखि प्रहरीको लौरोसम्म

होस्टलमा स्वीप अपरेसन गर्दा फेला पर्‍यो हत्कडीदेखि प्रहरीको लौरोसम्म

१० कात्तिक, काठमाडौं / होस्टलमा स्वीप अपरेसन गरेर प्रहरीले हत्कडी, प्रहरीको लौरोसमेत बरामद गरेको छ । आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका–३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा स्वीप अपरशेन चलाएको थियो ।

सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताए ।

उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको छ ।
प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस