२०८२ कार्तिक ११, सोमबार

डिपोर्ट गरिदिने चेतावनीपछि रद्द भएको थियो दुर्गा प्रसाईंको दिल्ली भ्रमण

डिपोर्ट गरिदिने चेतावनीपछि रद्द भएको थियो दुर्गा प्रसाईंको दिल्ली भ्रमण

१० कात्तिक, काठमाडौैं / जेनजी आन्दोलनपछि काठमाडौंबाट दिल्ली जान लागेका व्यवसायी तथा अभियन्ता दूर्गा प्रसाईंलाई भारतीयले डिपोर्ट गरिदिने चेतावनी दिएपछि अन्तिम समयमा यात्रा रोक्नुपरेको पाइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं गत सेप्टेम्बर १७ तारिख अर्थात् असोज १ गते बुधबार अपरान्ह साढे २ बजेको एयर इन्डियाको उडानबाट दिल्ली जाने तयारीमा थिए ।

तर, भारतीय पक्षले त्यसैको बिहान उनलाई जसरी पनि रोक्नुपर्ने भन्दै ‘अनुरोध’ पठाएको थियो । उनको उडान टिकटको प्रतिलिपिसमेत पठाउँदै भारतीय पक्षले उनलाई संवेदनशील अवस्थामा दिल्ली जान नेपालले रोक्नुपर्ने बताएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस