२०८२ पौष १, मंगलबार

प्रहरीको सहयोगमा कार्यालय प्रवेश गरे बोर्ड अध्यक्ष श्रेष्ठ

प्रहरीको सहयोगमा कार्यालय प्रवेश गरे बोर्ड अध्यक्ष श्रेष्ठ

१२ कार्तिक काठमाडौँ / धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ प्रहरीको सहयोगमा कार्यालय प्रवेश गरेका छन् । ३७ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीहरूले सशक्त रुपमा विरोधका कार्यक्रम अगाडि बढाउने बताएपछि श्रेष्ठ प्रहरीको सहयोगको कार्यालय प्रवेश गरेका हुन् ।

‘अध्यक्ष ज्यु ११ बजे कार्यालय आउनु भएको हो, त्यसको केही समयअघि प्रहरीहरू आएर तैनाथ भएपछि वहाँ कार्यालय प्रवेश गर्नु भएको छ,’ एक कर्मचारीले भने ।

आन्दोलनरत कर्मचारी र अर्थमन्त्रालयबीच समन्वय गर्न नसकेको भन्दै अध्यक्ष श्रेष्ठको आलोचना भइरहेको छ । केही लगानीकर्ताहरूले सुधारका नीति र कार्यक्रम कार्यान्वयन गर्न असफल भएको भन्दै बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिनु पर्ने माग सहित कात्तिक १४ गते आन्दोदन गर्ने समेत घोषणा गरेका छन् ।

केही समयअघि पनि धितोपत्र बोर्डका अध्यक्ष सहित अन्य माथिल्लो तहका कर्मचारीलाई प्रर्दशनकारी लगानीकर्ताहरूबाट बचाएर प्रहरीले स्कर्टिङ गरेर घर छोड्नु परेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस