२०८२ माघ १०, शुक्रबार

मङ्सिर २७ मा एमालेले ठुलो जनसभा गर्ने

मङ्सिर २७ मा एमालेले ठुलो जनसभा गर्ने

१७ कार्तिक काठमाडौँ / नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ मा इतिहासकै ठुलो जनसभा गर्न लागेको र जनता कसको पक्षमा छन् भन्ने देखाउने बताएका हुन् ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । ‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्‍याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’, उनले भने– ‘र, मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौ ।’

उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन्‌’, पोखरेलको भनाई छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस