
१८ कार्तिक काठमाडौं / नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई गैरकानुनी तरिकाले हटाइएकाले पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश अस्वीकार भएको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलाशले अन्तरिम आदेश अस्वीकार गर्दै छलफलका लागि बोलाउने आदेश गरेको हो । शाक्य आफूलाई गैरकानुनी तरिकाले हटाइएको भन्दै पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका थिए ।