२०८२ कार्तिक २२, शुक्रबार

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए बालेन

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए बालेन

२२ कार्तिक काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
उनी शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरीको गायत्री मार्गमा अवस्थित यो मन्दिर छैटौं शताब्दीको पुरानो मानिन्छ । सन् १९९० सालअघिदेखि नै भग्नावशेषको रूपमा रहेको मन्दिरलाई अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको हो ।

केही दिनअघि मात्रै सो मन्दिरमा ब्रह्माको मूर्ति पुनःस्थापना गरिएको थियो । सो ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा थियो । मन्दिर उदघाटन कार्यक्रममा मेयर बालेन साह, उपमेयर सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति थियो ।

यो पनि

ताजा अपडेट

११ घण्टा अघि

सुनको मूल्य बढ्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस