२०८२ कार्तिक २५, सोमबार

चार दिनदेखि मेलम्ची खानेपानी ठप्प, दिउँसो वार्तामा बस्दै

चार दिनदेखि मेलम्ची खानेपानी ठप्प, दिउँसो वार्तामा बस्दै

२४ कात्तिक, काभ्रेपलाञ्चोक  / मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि ठप्प छ । पटक–पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी पथान्तरण रोकिदिएका हुन् ।

विभिन्न चरणका आन्दोलनमा गरिएको सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल र स्थानीयवासीले माग पूरा नभएसम्म पानी पथान्तरण नखोल्ने चेतावनी दिएका छन् ।

उनीहरुले ०८१ असोज २१ गते स्थानीय बाढीपीडित संघर्ष समिति र तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवीबीच भएको १० बुँदे समझदारी एउटा पनि कार्यान्वयन नभएकाले बाध्य भएर मुहानको सुरुङ बन्द गर्नुपरेको सरोकार समितिका सदस्य एवं वार्ता टोली सदस्य विष्णु खड्काले जानकारी दिए ।

वार्ताटोलीका सदस्य खड्काका अनुसार आइतबार खानेपानी मन्त्रालय सिंहदरबारमा खानेपानी सचिव प्रमिलादेवीको संयोजकत्वमा मेलम्ची पीडित संघर्ष समितिको नेतृत्वमा राजनीतिक दल र युवाहरूको उपस्थितिमा यसअघि भएका सहमति कार्यान्वयनको लागि छलफल भएको हो ।

उक्त वार्ता प्रधानमन्त्री र अर्थ मन्त्रीसँग थप छलफल गरेर आज बस्ने भन्दै विनानिष्कर्ष टुंगिएको थियो । सोमबार (आज) २ बजेसम्म खानेपानी सचिव प्रमिलादेवीले प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा छलफल गरेर आएपछि वार्ता बस्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस