
२५ कार्तिक काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मंगलबार (कात्तिक २५) उनलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।