२०८२ मंसिर १, आईतबार

नेपाली कम्युनिस्ट पार्टीसँग छलफलपछि अशोक राईले बोलाए बैठक

नेपाली कम्युनिस्ट पार्टीसँग छलफलपछि अशोक राईले बोलाए बैठक

३० कात्तिक, काठमाडौं / प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच पार्टी एकताबारे छलफल भएको छ । छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको बताए । ‘वैचारिक, सैद्धान्तिक कुरामा हिजो छलफल भयो, छलफल सकारात्मक छ,’ हमालले भने । छलफललाई जारी राख्ने सहमति भएको उनले बताए ।

छलफलमा जसपाको वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हमालसहित देव गुरुङ र वर्षमान पुन सहभागी थिए ।

नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका अध्यक्ष अशोक राईले मंसिर १ गते कार्यकारिणी समितिको बैठक बोलाइएको जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस