२०८२ मंसिर १, आईतबार

नयाँ दल दर्ताको समय आज अन्तिम

नयाँ दल दर्ताको समय आज अन्तिम

३० कार्तिक काठमाडौं / नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज अन्तिम रहेको छ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ दल दर्ताको समय तोकेको थियो ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको छुट्टै समयसीमा पनि तोकेको छ । जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको छ ।

आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस