२०८२ मंसिर १, आईतबार

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ ।
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

३० कात्तिक, काठमाडौं / केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस