
४ मंसिर काठमाडौं / ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि शान्तिपुर्व प्रदर्शन गरेका छन् । एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू गर्नुपर्ने लगायत माग राखेर ए डिभिजनका क्लबका प्रतिनिधिहरुले एन्फा गेट अगाडि प्रदर्शन गरेका हुन् ।
एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ । तर क्लबहरु भने बिहान ९ बजेदेखि नै प्रदर्शनमा बसेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरु तैनाथ गरिएको छ ।