
५ मंसिर, काठमाडौं / नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारीमा रहेको नेकपा एमाले समर्थित युवाहरू नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि जम्मा भएका छन् ।
एमालेका थुप्रै युवा पैदल छन् भने मोटरसाइकलमा समेत सवार देखिएका छन् । एमालेले शुक्रबार माइतीघर मण्डलामा जम्मा भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको हो । माइतीघरमा त्यसअघि नै जेन–जी आन्दोलनका घाइतेहरू सकडकमा धर्ना दिएर बसेका छन् ।