२०८२ मंसिर १६, सोमबार

गगनलाई कल्याणले भने महाधिवेशन हुँदैन

गगनलाई कल्याणले भने महाधिवेशन हुँदैन

९ मंसिर, काठमाडौं / नेपाली कांग्रेसका गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका बेला संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशन नहुने दाबी गरिरहेका छन् ।

महामन्त्री थापाले समाजिक सञ्जालमार्फत् सोमबार महाधिवेशनको विकल्प नभएको जिकिर गरेको भोलिपल्ट संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने जवाफ फर्काएका छन् ।

उनले महामन्त्री थापाकै शैलीमा फेसबुकबाटै जवाफ फर्काएका हुन् । ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?,’ गुरूङले लेखेका छन्, ‘मैले भनेँ– बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’

महामन्त्री थापाले सोमबार बिहानैबाट पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जाने विषयमा प्रश्न गरिरहेका बताएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस