
९ मंसिर, काठमाडौं / सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले रोकेको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहाँ जान बाट रोकेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले रोकेको बताए ।