२०८२ मंसिर २३, सोमबार

महेन्द्र थापा

राष्ट्रिय आवास कम्पनीका प्रमुखमाथि भ्रटचारको आरोपसँगै दुर्व्यवहार

राष्ट्रिय आवास कम्पनी पुनर्वासका प्रमुख महेन्द्र थापामाथि नेकपा (बहुमत) निकट युवा संगठनले दुर्व्यवहार गरेको छ ।
राष्ट्रिय आवास कम्पनीका प्रमुखमाथि भ्रटचारको आरोपसँगै दुर्व्यवहार

२१ मङ्सिर,काठमाडौँ / राष्ट्रिय आवास कम्पनी पुनर्वासका प्रमुख महेन्द्र थापामाथि नेकपा (बहुमत) निकट युवा संगठनले दुर्व्यवहार गरेको छ । आइतबार संगठनका कार्यकर्ताहरूले थापामाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै ‘जनकारबाही’ को नाममा दुर्व्यवहार गरेका हुन् ।

संगठनको ५ नम्बर ब्युरोका इन्चार्ज मिलन थापाले एक विज्ञप्ति जारी गर्दै प्रमुख थापामाथि विभिन्न ६ बुँदे आरोप लगाएका छन् । विज्ञप्तिमा नवलपरासीको बर्दघाट नगरपालिका–चिसापानीस्थित ‘दमा सेन्टर’ को ८ बिघा २ कठ्ठा १२ धुर जग्गा गोप्य टेन्डरमार्फत तिमिल्सना ट्रेडर्सलाई बिक्री गरेको, कावासोतीमा १५ कठ्ठा जग्गा गैरकानुनी रूपमा बिक्री गरेको र श्रीमतीलाई पदको दुरुपयोग गरी जागिर खुवाएको आरोप लगाइएको छ ।

यस्तै, संगठनले थापामाथि जग्गाको रेकर्ड गायब पारेको, भू–माफियासँग मिलेर सरकारी जग्गा हिनामिना गरेको र जग्गाधनी पुर्जा दिँदा प्रतिधुर १० हजार रुपैयाँ घुस लिएको दाबी गरेको छ । पटक–पटक सच्चिन आग्रह गर्दा पनि अटेर गरेकाले सांकेतिक कारबाही गरिएको संगठनले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस