
पुस २३, काठमाडौं / राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस र एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।
नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ । नेकपाका उम्मेदवारहरु कोशीमा खेमराज सुन्दास, हेमराज घिमिरे,नमिता न्यौपाने, मधेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल, बागमतीमा प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झा, गण्डकीमा कपिल लामा, लुम्बिनीमा दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक कर्णालीमा बुद्धिप्रसाद शर्मा, अन्जु महतरा र त्यस्तै सुदूरपश्चिममा टीकाराम जैशी, रोजी बस्नेत सुनार रहेका छन् ।