
माघ २९, काठमाडौँ/रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा मङ्गलवार बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । सो घटनामा मृतकका आफन्तले जिल्ला सदरमुकाम मन्थलीमा बुधवार दिनभर प्रदर्शन गरे । प्रदर्शन पश्चात स्थानीय प्रशासन र पीडितहरूको बिचमा गए राति ८ बुँदे सहमति भएको छ । सहमति पछि मृतकका आफन्तहरू पोस्टमार्टम गरेर शव बुझ्न तयार भएका छन् । शव बुझ्न १० जना पीडित परिवारले जाहेरी दिएको रामेछापका डीएसपी भोला भट्टले बताए । सवारी चालकलाई कडा कारबाही गर्ने र दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी जारी राख्ने र उनीहरूका परिवारलाई पनि मृतकको परिवार सरह क्षतिपूर्ति दिने सहमति भएको छ । सो दुर्घटनामा परेर ३ जना बेपत्ता छन् ।