२०८२ चैत्र ५, बिहिबार

१ अर्बको मुद्दा

२५० जना अमेरिका पठाउने विरुद्ध १ अर्बको मुद्दा

२५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको आरोप लागेका व्यक्तिविरुद्ध करिब एक अर्ब बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।
२५० जना अमेरिका पठाउने विरुद्ध १ अर्बको मुद्दा

फागुन ६, काठमाडौं /२५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको आरोप लागेका व्यक्तिविरुद्ध करिब एक अर्ब बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।मुद्दा दायर हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ घर भएका अमित बस्नेत रहेका छन् । उनीहरूविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो ।

कलबहादुर अहिले डिल्लीबजार कारागारमा छन् र अर्का प्रतिवादी अमित भने फरार रहेका छन् । उनीहरूले २५० जनालाई अवैध तरिकाले अमेरिका पुर्‍याएको र केहीलाई भने अमेरिका पठाउने भन्दै अलपत्र पारी ठगी गरेको आरोप छ । कलबहादुरको विभिन्न बैंकका खाताहरू हेर्दा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ अवैध कारोबार गरेको भेटिएको र अर्का फरार प्रतिवादीको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ अवैध कारोबार भेटिएको प्रहरीको भनाइ छ । उनीहरू दुवैको गरी ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ अवैध कारोबार गरेको भेटिएकाले सोही बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको ब्यूरोका एसपी राजन लिम्बुले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस