२०८३ अषाढ ८, सोमबार

रास्वपा महाधिवेशन

रास्वपाको ऐतिहासिक महाधिवेशन : दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्था कडा व्रउन्सर परिचालन

रास्वपाको ऐतिहासिक महाधिवेशन : दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्था कडा व्रउन्सर परिचालन

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्रका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

महाधिवेशनको दोस्रो दिन बन्द सत्र सञ्चालन भइरहेका बेला सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रवेशद्वारदेखि कार्यक्रमस्थल भित्रसम्म विशेष निगरानी बढानुकाे साथै व्रउन्सर समेत परिचालन गरिएको छ। प्रतिनिधि, पर्यवेक्षक तथा आमन्त्रित अतिथिहरूको प्रवेशलाई व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।

drishtinepal

पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा विभिन्न नीतिगत विषयमा महत्वपूर्ण छलफल हुने भएकाले बन्द सत्रलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष ध्यान दिइएको बताइएको छ। कार्यक्रममा सहभागी हुने प्रतिनिधिहरूको परिचयपत्र परीक्षण, प्रवेश नियन्त्रण तथा सुरक्षा निकायको निगरानीलाई समेत प्रभावकारी बनाइएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक विकास र आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै विभिन्न राजनीतिक, सांगठनिक तथा नीतिगत प्रस्तावहरू पारित हुने अपेक्षा गरिएको छ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस