२०८३ कार्तिक १३, बिहिबार

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावले नेपालमा वर्षा, हिमपात र हावाहुरी हुन सक्ने भन्दै सरकारले मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : उच्च सतर्कतामा रहन सरकारको निर्देशन

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर, उच्च सतर्कतामा रहन सरकारको निर्देशन
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : उच्च सतर्कतामा रहन सरकारको निर्देशन

१२ कात्तिक, काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षा गर्न आवश्यक तयारी गरिएको छ ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको कार्यालयले जनाएको छ । यद्यपि, यसको सम्भावित प्रभावबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले विभिन्न स्थानमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।

यसैगरी, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घले पदयात्रा तथा पर्वतारोहणमा जानुअघि आधिकारिक मौसम पूर्वानुमानको अद्यावधिक जानकारी लिएर मात्र निर्णय गर्न पर्यटक तथा पर्वतारोही टोलीलाई आग्रह गरेका छन् ।

हवाई सुरक्षालाई प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनासहित सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालयले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।

सरकारले चक्रवातसम्बन्धी भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न र आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ । साथै, मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस