२०८३ कार्तिक १९, बुधबार

विराटनगरको सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा अख्तियारद्वारा मुद्दा पेस

माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस

माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा
माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध मुद्दा पेस गरेको हो ।

अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको दाबी गरेको छ । सोही प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेस गरिएको हो ।

हाल उक्त मुद्दा विशेष अदालतमा रुजु हुने क्रममा रहेको छ ।

यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन रहेको छ ।

नेपालविरुद्ध सार्वजनिक जग्गा छुट दर्तासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा पेस भएपछि उनीविरुद्ध विशेष अदालतमा विचाराधीन मुद्दाको संख्या थपिएको छ ।

यो पनि

ताजा अपडेट

५ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस