२०८३ कार्तिक १९, बुधबार

चेकजाँचका क्रममा भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लियो

डोल्पा कारागारबाट भागेका ८ कैदीमध्ये दुई जना पक्राउ

डोल्पा कारागारबाट भागेका ८ कैदीमध्ये दुई जना पक्राउ
डोल्पा कारागारबाट भागेका ८ कैदीमध्ये दुई जना पक्राउ

१७ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

शुक्रबार राति कारागारबाट भागेका उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

राठौरका अनुसार चेकजाँचका क्रममा दुई जना भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरू डोल्पा कारागारबाट फरार भएका कैदी रहेको खुलेको उनले बताए ।

पहिचान खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।

कैदीबन्दीको खोजीका लागि चौरजहारी बेस क्याम्प रुकुम पश्चिम तथा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा पाँच जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।

कारागारबाट फरार भएका बाँकी ६ जना कैदीबन्दीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

५ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस