२०८३ कार्तिक १९, बुधबार

रौतहटमा गोली प्रहार

रौतहटमा युवकलाई लक्षित गरी गोली प्रहार, अवस्था गम्भीर

रौतहटमा युवकलाई गोली प्रहार, अवस्था गम्भीर
रौतहटमा युवकलाई लक्षित गरी गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा एक युवकलाई लक्षित गरी गोली प्रहार भएको छ। मंगलबार राति भएको घटनामा गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।
स्थानीयका अनुसार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए।
गोली लागेर घाइते भएका यादवलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार उनको हाल वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार चिकित्सकीय परीक्षणका क्रममा उनको पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको पुष्टि भएको छ। घाइतेको अवस्था गम्भीर रहे पनि उनी चिकित्सकसँग संवाद गर्न सक्ने अवस्थामा रहेको डीएसपी गौतमले जानकारी दिए।
घटनामा संलग्न व्यक्ति को हुन् र गोली प्रहार गर्नुको कारण के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर आक्रमणकारीको पहिचान तथा खोजी कार्य अघि बढाएको छ।
सदरमुकाम गौरकै बस्तीमा रातिको समयमा भएको गोली प्रहारको घटनाले स्थानीयवासीमा त्रास र सुरक्षा चिन्ता बढाएको छ।

यो पनि

ताजा अपडेट

४८ मिनेट अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस