
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। विभिन्न मन्त्रालयका कामकारबाही, सरकारी गतिविधि तथा प्रशासनिक विषय बैठकको प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।
त्यस्तै, सरकार सञ्चालन र प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णयसमेत गर्न सक्नेछ।