२०८३ मंसिर ९, मंगलबार

संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचन र सरकारका गतिविधिसम्म छलफल, केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेट समय ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, ६ एजेन्डामा छलफल हुँदै

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, ६ एजेन्डामा छलफल
कांग्रेस केन्द्रीय समिति बैठक सुरु, ६ एजेन्डामा छलफल हुँदै

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल भइरहेको छ ।

कांग्रेसका अनुसार बैठकमा संगठनको आगामी कार्यभार तथा ‘हामी तयार छौं’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुमवासीहरूको व्यवस्थापनलगायत नागरिकका सरोकारका विषयमा छलफल हुँदैछ ।

त्यस्तै, सरकारका पछिल्ला गतिविधि, स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल र विविध विषय पनि बैठकका एजेन्डामा समेटिएका छन् ।

बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस