२०८२ आश्विन ३०, बिहिबार

सर्वदलीय बैठक सुरु

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
सर्वदलीय बैठक सुरु

३० असोज, काठमाडौं / निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक सुरु भएको हो । छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन् ।

आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा सहभागी छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोकिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोल भएको थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि तत्कालीन प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था बनेन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस