२०८२ मंसिर १७, मंगलबार

८ जना पक्राउ

आपराधिक उपद्रव मुद्दामा मोरङमा ८ जना पक्राउ पुर्जी जारी

तोडफोड र आगजनी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।
आपराधिक उपद्रव मुद्दामा मोरङमा ८ जना पक्राउ पुर्जी जारी

मंसिर १६, विराटनगर /  जेनजी आन्दोलनका क्रममा मोरङको रंगेलीमा सरकारी कार्यालयहरू तोडफोड र आगजनी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । मोरङ प्रहरीले दिएको जानकारी अनुसार उनीहरूलाई मंसिर १५ गते राति रंगेली र आसपासका बस्तीमा लुकीछिपी बसेका बेला पक्राउ गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयहरु तोडफोड गर्नेहरू प्रहरी नियन्त्रणमा पर्ने क्रम जारी छ । यही क्रममा मोरङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई खोजी गर्न प्रहरी सक्रिय बनेको थियो।

पक्राउ पर्नेहरूमा भूपाल भण्डारी, रंगेली–३, आनन्द साह, रंगेली–७, रमेश कुमार मण्डल, रंगेली–४, रूपक गौतम, रंगेली–३, रुपेश यादव, रंगेली–६, समिर क्षेत्री, कटहरी–२, दोर्जे प्रतिक तामाङ कटहरी–२ र गणपत यादव, जहदा–१ छन्।
उनीहरूलाई आ–आफ्नै घरबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरीले अहिलेसम्म ३० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस