२०८२ अषाढ २६, बिहिबार

बागमती नदीमा दाउरा टिप्न गएका बालक बेपत्ता, एक जनाको उद्धार

रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् ।
बागमती नदीमा दाउरा टिप्न गएका बालक बेपत्ता, एक जनाको उद्धार

२६ असार, जनकपुरधाम / रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ । बुधबार दिउँसो घर नजिकै बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बगेर बेपत्ता भएका छन् ।

सुधीरसँगै दाउरा टिप्न गएका अर्का बालक १३ वर्षीय शिवजी पासवानलाई भने स्थानीय र प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी सरोज डल्लाकोटीले जानकारी दिए । दुवै बालक दाउरा टिप्न गएको बेला अचानक अएको बाढीको भेलमा फसेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस