
माग २७, काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियरका रूपमा कार्यरत सुवास बिष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिष्टले २०७६ फागुन १ देखि २०८१ साउन १४ गतेसम्मको अवधिमा करिब १ करोड ९७ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी अख्तियारको छ। जाँचका क्रममा उनको कुल आयभन्दा खर्च तथा लगानी बढी देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारले बिष्ट र उनका बुबा सुदर्शन बिष्टबाट बिगो जफत, जरिबाना तथा कैद सजायको माग गरेको छ।