२६ असोज काठमाडौँ / पाकिस्तान र अफगानिस्तानबीच सीमानामा भीषण गोलीबारी भएको छ । शनिबार राति सीमावर्ती क्षेत्रहरू खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड जस्ता सीमावर्ती क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अफगान तालिबानले सीमानामा रहेका पाकिस्तानी चौकीहरुमा आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
रोयटर्सले अधिकारीहरुलाई उद्धृत गर्दै आक्रमणको सुरूवात अफगान पक्षबाट भएको भनेका छन् । त्यसको जबाफमा पाकिस्तानले पनि आक्रमण गरेको बताइएको छ ।
दुई देशका सेनाबीच ६ भन्दा बढी स्थानहरूमा एकसाथ भिडन्त भएको भनिएको छ ।