
पुष ८, काठमाडौँ / पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा आफू बयान दिन नजाने बताइरहेको अवस्थामा आयोगले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न जाँचबुझ आयोगले पूर्वधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।
आयोगले उनीहरूलाई २/३ दिनको म्याद राखेर आजभोलि नै पत्र पठाउने तयारी भइरहेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन्। ‘दुई,तीन दिनको म्याद दिएर एक दुई दिनभित्रै पत्र पठाउँदैछौं’, शर्माले भने ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले समेत पूर्वगृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी,पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, काठमाडौँ महानगरका प्रमुख बालेन शाहलगायत १४६ जनासँग सोधपुछ गरिसकेको छ ।