
पुस ३०, काठमाडौँ / नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मनसुरबाहेक अरू सबै नेताहरुलाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको घोषणा गर्दै अरूलाई पूर्व जिम्मेवारीमा फर्किन आह्वान गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बताइन्।