२०८२ पौष १४, सोमबार

कांग्रेस

कांग्रेसले समानुपातिकमा नयाँ उम्मेदवारहरूलाई पालो दिने

नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवारमा नदोहोर्‍याउने निर्णय गरेको छ ।
कांग्रेसले समानुपातिकमा नयाँ उम्मेदवारहरूलाई पालो दिने

पुस १३, काठमाडौं /  नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवारमा नदोहोर्‍याउने निर्णय गरेको छ । अहिलेसम्म मौका नपाएका नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहने भएको छ। समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यसम्पादन समितिका एक सदस्यले भने, ‘यसअघि भएका कुनै पनि निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकबाट सांसद बनेकाहरूलाई अबको सूचीमा राखिनेछैन । अहिलेसम्म मौका नपाए नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहनेछन् ।’

कांग्रेसको कार्यसम्पादन समितिको बसिरहेको बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस