३० असोज, काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलोगरी सुरु भएको हो । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको हो । २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।
बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुईथरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।