२०८२ पौष २४, बिहिबार

गैँडाको आक्रमण

चितवनमा गैँडाको आक्रमणबाट मृत्यु

चितवनमा घाँसदाउरा काट्न गएका बेला गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
चितवनमा गैँडाको आक्रमणबाट मृत्यु

पुस २२, भरतपुर /  चितवनमा घाँसदाउरा काट्न गएका बेला गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय बाबुकाजी क्षेत्री रहेका छन् ।

अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक सोमबार घाँसदाउरा काट्न गएका बेला सोही स्थानका क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस