२०८२ अषाढ १७, मंगलबार

नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार क्षेत्रमा पनि निषेधाज्ञा तोकेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १८, शनिबार
नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्न नपाइने

१७ जेठ काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार क्षेत्रमा पनि निषेधाज्ञा तोकेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

नारायणहिटी दरबार क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको भवन अगाडी, बानेश्वरस्थित संसद भवन क्षेत्र, भद्रकाली, सिंहदरबार लगायत क्षेत्र निषेधाज्ञा तोकिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस