२०८२ अषाढ १७, मंगलबार

मुख्य सचेतक र सभामुखबीच सिंहदरबारमा छलफल

संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १७, शुक्रबार
मुख्य सचेतक र सभामुखबीच सिंहदरबारमा छलफल

१६ जेठ काठमाडौँ / सभामुख देवराज घिमिरे र संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ ।

प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन् ।

घिमिरेले सुरुमा मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन् । त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका उनको सचिवालयले जनाएको छ । प्रमुख सचेतकहरुसँगको बैठक सिंहदरबारमा बसिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस