२०८२ कार्तिक २५, सोमबार

मधेश सरकार गठनप्रति एमालेभित्रै असन्तुष्टि

मधेश सरकार गठनप्रति एमालेभित्रै असन्तुष्टि

२४ कात्तिक, जनकपुरधाम / मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा एमाले भित्रै असन्तोष देखिएको छ ।

आज बिहान उपचारका लागि भन्दै निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबास नगरपालिका–३ स्थित पानस होटेलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । यस विषयमा एमालेकै कतिपय सांसद बेखबर छन् ।

दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना जीवितै रहेकाले ३ मा नजान दलका नेता यादवलाई प्रमुख सचेतक हरिनारायण महतोले सचेत समेत गराएका थिए । तर संविधानको १६८ को उपधारा ३ बमोजिम नै एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रमुख सचेतक महतोले ‘नहुनुपर्ने घटना’ भएको प्रतिक्रिया दिए ।

‘मैले हिजो नै दलका नेता यादवलाई भेटेर स्पष्टरुपमा भनेको थिएँ– उपधारा ३ मा जानका लागि दबाब नदिनुस्, गल्ती काम नर्गुस् । उपधारा २ अनुसार नै अगाडि बढ्नुस्,’ प्रमुख सचेतक महतोले भने, ‘तर यिनीहरुले भित्रभित्रै षड्यन्त्र गरेर, के कहाँबाट परिचालित भएर, हामीलाई कुनै जानकारी नगराई राति साढे ४ बजे बर्दिबास कालापानीको पानस होटेलमा गएर सपथ लिए ।’
यस घटनाबारे प्रदेशमा अधिकांश सांसदहरु अनभिज्ञ रहेको उनको भनाइ छ । यसबारे दलमा छलफल गर्ने उनले बताए । ‘यो घटनाबारे ४/५ जना माननीयजी बाहेक अरु कसैलाई जानकारी छैन । अब यस घटनबारे दलमा बसेर छलफल गर्छौं,’ उनले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस