१६ असार काठमाडौँ / विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समय माग गरेका छन् । विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन् । ‘महासङ्घसँग छलफल भएको थियो । छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ । उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित गरौँ,’ मन्त्री पन्तले भने ।