२०८२ अषाढ १९, बिहिबार

ताप्लेजुङमा पहिरोले घर पुरिँदा पाँच जना घाइते

ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् ।
ताप्लेजुङमा पहिरोले घर पुरिँदा पाँच जना घाइते

१८ असार / ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । स्थानीय हस्त बहादुर कटुवालको घर पहिरोले पुरिँदा ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भिर घाईते भएकि हुन् । अन्य चार जनाको अवस्था सामान्य रहेको छ ।

कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिएर परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्न बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति करिब १ बजेको समयमा पहिरोले घर पुरिएको हो ।

पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए । पहिरोका कारण हस्तबहादुर सहित पाँच जना सामान्य घाइते भएका छन् । घरमा तथा मतानमा सुतेका छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएको बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस