६ साउन काठमाडौँ / नेकपा एमाले केन्द्रिय बैठकमा बोल्नु हुदै नेकपा एमाले केन्द्रिय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय अध्यक्ष पासाङ शेर्पाले भने म आज स्टेज तिर नेता कमरेडहरु तिर फर्केर तपाईहरुलाई पनि मेरा सुझाब अनि केही ध्यानाकार्षणका बिषयहरु राख्न चहान्छु । सम्माननीय पुर्व राष्ट्रपती बिध्या भण्डारी ज्यूको पनि बिषयहरु ब्याप्त उठेका छन । सम्माननीय ज्यू सँघीय लोकतान्त्रिक गणतन्त्रको गरिमा हो गणतन्त्रको गौरव हो । यो गरिमालाई हामीले आझ उचाईमा राख्नु पर्छ, यसको उचाई बढाउने दायित्व हाम्रो हो । नेकपा एमाले पार्टीले यो गरिमालाई घटाउने काम गर्नु हुदैन । फिल्म निर्माताहरुले राम्रो फिल्म मज्जाले हलमा चलाएर, भरपुर ब्यापार गरेर, त्यसपछि अब फिल्म पुरानो भयो, यो फ्लिम चल्दैन भन्ने लागे पछि फिल्मको भिसिडी बनाएर बेच्न सुरु गर्छन । हामिलेले पनि हाम्रो सम्माननीय पुर्व राष्ट्रपतिज्यूलाई भिसिडी बनाएर बेचे जस्तो गर्नु हुदैन । नेकपा एमालेले उहालाई गणतन्त्रको गौरबकै रुपमा सम्मानित तहमै स–सम्मान राख्नु पर्दछ । पासाङ शेर्पाले ३ मिनेट बोल्ने समयमा पार्टीको यो गरिमामय केन्द्रीय कमिटी बैठकमा आफ्नो कुरा राख्ने क्रममा सर्वप्रथम पार्टी सचिवालयको बैठकले कुनै बिमती (नोटअफ डिसेन्ट) बिना तयार पारेर पोलिट ब्युरो बैठकले सर्वसम्मत पारित गरेर, आज यो बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रश्तुत गर्नु भएको राजनितिक प्रतिबेदन, उपाध्यक्ष कमरेड बिष्णु पौडेलले प्रश्तुत गर्नु भएको बिधान सँसोधन मस्यौदा प्रश्ताव, महासचिव कमरेड शँकर पोखरेलले प्रश्तुत गर्नु भएको साँगाठानिक गितविधी प्रतिवेदन समेत तिन वटा प्रतिवेदनलाई मेरो तर्फबाट पनि कुनै बिमती नराखी पुर्ण समर्थन जनाउदछु केन्द्रिय सदस्य पासाङ शेर्पाले भने ।