२०८२ श्रावण ३१, शुक्रबार

गंगाराम चौधरी नाउपा संसदीय दलको नेता र महासचिवबाट हटाइए

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का महासचिव एवम् संसदीय दलका नेता गंगाराम चौधरी कारबाहीमा परेका छन् ।
गंगाराम चौधरी नाउपा संसदीय दलको नेता र महासचिवबाट हटाइए

३० साउन काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा) का महासचिव एवम् संसदीय दलका नेता गंगाराम चौधरी कारबाहीमा परेका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले नेता गंगारामलाई संसदीय दलको नेतासहित महासचिव पदबाट पनि कारबाही गरेकी हुन् ।

चौधरीले महासचिवको हैसियतमा पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टी हित विपरीत काम गरेको अध्यक्ष श्रेष्ठको दाबी छ । ‘उहाँलाई दुईपटकसम्म स्पष्टीकरण सोधियो । तर चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो’ अध्यक्ष श्रेष्ठले भनिन् ।

अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार कारबाहीको सूचना पठाएकी छन् । नाउपा संस्थापकहरूको यही साउन १५ गतेको भेलाले अध्यक्ष श्रेष्ठलाई हटाउने निर्णय गरेको थियो । तर, निर्वाचन आयोगले साउन २७ गते उनैलाई अध्यक्षको मान्यता दिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस