२६ वैशाख काठमाडौँ / विष्णुमती खोलाको किनारमा झण्डै एक महिनादेखि फोहोर थुप्रिएको छ । एक महिना अघि थुपारिएको फोहोर अझै हटाइएको छैन ।
स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो । सो फोहोर सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम नभएको र त्यसले असर पारिरहेको स्थानीयवासीले गुनासो गरेका छन् ।