८ साउन काठमाडौँ / स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । महासंघले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको हो । बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८१ अमेरिकी डलर पुगेको छ । त्यस्तै, चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ ।